नेपालको सडक रगतले रङ्गियो। वि.सं. २०८२ भदौ २३ र २४ (सेप्टेम्बर ८-९, २०२५) मा Gen-Z युवाहरूले नेपालमा भ्रष्टाचार, नेपोटिज्म र सत्ताको दानवीय दम्भविरूद्ध सडक तताए। यो आन्दोलन केवल नेपालको कथा होइन, यो विश्वव्यापी रूपमा ट्रेण्डिङ्मा रहेको "नेपो किड्स मुभमेन्ट" को उपज हो, जहाँ नेताहरूले जनताको करमा आफ्ना छोराछोरीको विलासितापूर्ण जीवन चलाउँदा जनताको रगत उम्लिएको छ। तर, यो क्रान्तिको आगोमा १९ युवाको मृत्यु र सार्वजनिक सम्पत्तिको नोक्सानीले हाम्रो मन कुँडिएको छ। केपी ओलीको राक्षसी अनुहार, उनको झोले-झ्याम्टेहरूको कायरता, र जनताको पैसामा रजाइँ गर्ने फटाहाहरूको पतनको यो कथा हो। कथा होइन टिप्पणी हो।
यो आन्दोलन किन जन्मियो? किन Gen-Z सडकमा उत्रियो? यो केवल सामाजिक सञ्जाल बन्दको विरोध थिएन। यो त जनताको रगत-पसिनाले कमाएको पैसामा नेताहरूका छोराछोरीले विदेशमा महल बनाउने, लक्जरी गाडी चढ्ने, ऐयासी गर्ने र विलासिताको जिन्दगी बिताउने नेपोटिज्म विरूद्धको विद्रोह थियो। विश्वभरि "नेपो किड्स" को यो ट्रेन्डले नेताहरूको सन्तानको जीवनशैलीलाई निशाना बनायो र नेपालमा पनि यो आगो बल्यो। केपी ओली, शेरबहादुर देउवा, आर्जु राणा, विष्णु पौडेल, सूर्य थापा, प्रचण्ड, बाबुराम जस्ता नेताहरूले जनताको पैसालाई आफ्नो सात पुस्ताको सुखका लागि लुटे। यो सहन नसकेर नै युवाहरू सडकमा आए।
केपी ओली, यो दानव, जसलाई कायर नेताहरूले "राजनेता" को पगरी गुँथाए। तिनीहरूको तर्क थियो, "उनको त छोराछोरी नै छैन, कसका लागि भ्रष्टाचार गर्छन्?" यो झुटको खोल ओढ्नेका छाला च्यात्ने काम Gen-Z युवाहरूले गरे। झापाको कनकाई नगरपालिकामा ओलीको "मित" मेयर राजेन्द्र पोखरेलको घरमा ८० केजी सुन भेटियो – यो सुन जनताको रगत-पसिनाको कमाइ हो, जुन यो राक्षसले लुकाएर राखेको थियो। भदौ २३ मा प्रदर्शनकारीहरूले पोखरेलको घरमा ढुङ्गामुढा गरे र यो सुनको रहस्य बाहिर आयो। यो सुनले ओलीको चोर अनुहारलाई नाङ्गो बनायो। यो मान्छे होइन, सत्ताको भोको राक्षस हो, जसको बास नर्कमा हुनुपर्छ!
तर यो राक्षसको दानवीय रूप यतिमा सीमित छैन। भदौ २३ मा काठमाडौँको सडक रगतले लतपतियो। प्रहरीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि टियर ग्यास, रबर बुलेट र वास्तविक गोली चलायो। १९ युवाहरूको ज्यान गयो, सयौँ घाइते भए। सबैभन्दा क्रूर घटना तब भयो, जब सिभिल अस्पतालको इमर्जेन्सी कक्षमा घाइतेलाई लैजाँदा पनि प्रहरीले गोली र टियर ग्यास चलायो। यो आदेश काठमाडौंका CDO छवि रिजालले दिए, तर यो राक्षस ओली र उसको मन्त्रिपरिषद्को लालमोहरबिना सम्भव थिएन। यो क्रूरता देखेर संयुक्त राष्ट्रसंघ र अमनेस्टी इन्टरनेशनलले समेत अनुसन्धानको माग गरे। यो दानवको मनमा मानवता छैन, केवल सत्ताको लालच छ!
यो आन्दोलनले रवि लामिछानेको रिहाइ पनि ल्यायो। उनलाई सहकारी ठगीको झुटो मुद्दामा फसाइएको छ (धेरै जनतालाई त्यस्तै लाग्छ)। गोरखा मिडियामार्फत करोडौं हिनामिना भएको आरोपमा उनलाई ८४ दिन जेलमा राखियो। तर, सूर्य थापा जस्ता ओलीका झोलेहरूले बनाएको संसदीय समितिको प्रतिवेदन कमजोर थियो। भदौ २४ मा Gen-Z समूहको दबाबले रवि धरौटीमा छुटे। यो विजय हो, तर धनराज गुरुङ जस्ता फटाहाहरू अझै स्वतन्त्र छन्। मितेरी सहकारीबाट १२ करोड लुट्ने उनकी पूर्वपत्नी ज्योति फरार छिन्, तर धनराज छाती फुलाएर हिँड्छन्। यो दोहोरो मापदण्डले जनताको रगत उम्लिन्छ!
ओलीका झोले-झ्याम्टेहरूको कायरता पनि लाजमर्दो छ। सूर्य थापा, जसले "म झोले हुँ" भन्दै ओलीको हनुमान बनेर हिँड्यो, भदौ २४ मा Gen-Z को डरले एमाले छोड्यो। अपुतो ओली देशै छोडेर भाग्यो। योगेश भट्टराई, राजेन्द्र पोखरेल र अखिलका फटाहाहरूले पनि कट्टु मुतेर पार्टी त्यागे। यसरी पार्टी त्याग गर्नु उनीहरूको विवेक होइन, डर हो – Gen Z को आगोले यिनीहरूको कायर अनुहार नाङ्गो बनायो।
यो क्रान्तिको आगोले ओली, देउवा, आर्जु राणा, विष्णु पौडेल र प्रचण्डका घर जले। बूढानिलकण्ठमा देउवा-राणाको घर र स्कूलमा आगजनी भयो, विष्णु पौडेललाई खोलामा लखेटियो र प्रचण्डको घर पनि निशानामा पर्यो। यी भ्रष्ट नेताहरूको घर जल्दा हामीलाई दुख छैन, किनकि यिनीहरू जनताको रगत चुस्ने राक्षसहरू हुन्। तर, सडकमा टायर बाल्दा, प्रहरी भ्यान जल्दा, र सरकारी कार्यालयहरूमा आगजनी हुँदा हाम्रै करको पैसा खरानी भएको छ। १९ युवाहरूको मृत्युले हाम्रै मन कुँडिएको छ। यो हाम्रो क्रान्तिको सबैभन्दा दुखद पक्ष हो।
यो आन्दोलनले ओलीको राजीनामा ल्यायो, रविलाई छुटायो, र सुन काण्ड बाहिर ल्यायो। तर, यो क्रूर राक्षस ओली र उसका झोले-झ्याम्टेहरूको अन्त्य हुनुपर्छ। यिनीहरूको बास नर्कमा होस्! अब हामीले शान्तिपूर्ण तर शक्तिशाली तरिकाले सुशासन र न्याय माग्नुपर्छ। जेन जेडको यो आगोले भ्रष्टाचारलाई खरानी बनाओस्, तर हाम्रो सम्पत्ति र युवाहरूको जीवन जोगियोस्। यो क्रान्ति रोकिनु हुँदैन – यो रगतको मूल्यले साँचो परिवर्तन ल्याउनुपर्छ!
यो आन्दोलनको फाइदा उठाएर कोही सत्तामा पुगेपछि फेरि खड्गे ओलीजस्तो तानाशाही नबनोस्। नत्र हाम्रा छिमेकीहरुले फेरि आफ्ना तीघ्रा ठटाउँदै खुच्चिङ् भन्नेछन्।
No comments:
Post a Comment