Friday, April 22, 2022

SLC को कथा

हाम्रो गाममा प्रभु नामको एउटा केटो बस्तो । केटो फेरि टुहुरो है हेर्नुस् । हामी तेल्लाई हेपेर प्रबे भनेर बोलाम्थ्यम । केटो फेरी आँटिलो है ।

हाम्रो राम्रै दौँतरी थ्यो भन्दा हुन्च । गोठाला जाँदा रूखा टुप्पाँ बसेर कलबिरेक खेल्थीम् कैले, कैले दुनु मुनु कटिङ भन्दै गुच्चा पनि खेल्थिम ।
केटो मुख्याकोमा बस्तो । अँ क्या तेई लुइरे मुखिया... फुऽऽऽ गर्दा ढल्ला जस्तो थो नि ! तेई । तर तेस्की छोरी चैँ अख्खा च्वाँक है । दुब्ली पातली, हिस्सी परेकी!
मुख्याको छोरी भनेसी गाउँभरी उसको भाउ तेसै पनि धेर । केटी पनि निकै मै हुँ भन्ने खालकी थिइ । अब के ढाँट्नु ~~ मै मन पराम्थे तेस्लाई ।
आफूले माया गरेसी उताबाट पनि माया गर्छे नै भन्ने हुँदो रच हेर्नोस् । मनमा लड्डु फुटाम्दै बसियो अब । एकदिन केटीलाई भन्चु भनेर आँट गरे ।
उता प्रभे पनि पुरा लाइन मार्दो रच 'शिका'लाई । अगि भन्न बिर्सेचु...केटीको नाम चिँ 'शिका' थो है ।
तेल्लाई देख्नेबित्तिकै मेरो चिँ फेरि नौनारी गलीहाल्ते हो । अब प्रभे आँटिलो मुन्छे हेर्नोस् ... मैले भन्दा पहिला मिलाइसकेच ।
म पनि स्याल मान्छे हो फेरि ... आखिर हली त हली नै हो तेल्लाई भन्दा मलाई मन पराम्छे भन्ठानेर केटीलाई भन्न गएँ ।
म पनि हल्का ह्यान्समै थेँ, कपाल जुल्पी बनाएसी त तो भुतुक्कै हुन्छे भन्ने सोचेर रजनीगन्धा स्टालमा केटी भएतिर हान्निएँ ।
अब भन्ने आँट आए त प्याट्टै मार्दिनु । आँट आएन । अब प्रभेले नै गरी खाओस् भनेर छोड्देँ । प्रभे र शिका ले दुइचार दिन पछि त भागेर बे गरेचन् ।
यता मुख्या उफ्रेर उधुम् है फेरि । म तिमेर्को परीक्षा लिन्चु, पास भएउ भने मात्र तिमेर्को बे अर्दिन्चु भनेर मुख्याले दुइटैलाई भन्देच ।
दुइटैले परीक्षा पास गरेचन है फेरि । मुख्याले लेको परीक्षामा दुइटै खरो भर उत्रेचन् र उनेर्को प्रेम सफल भएच ।
तेई दिन देखुन् सबभन्दा पहिला प्रभे र शिका ले पास अर्या जाँच भनेर जाँचको नामै प्रवेशिका राखियो ।
अन्त्याण प्रवेशिका परिक्षा चल्दै आयो भनेर हाम्रा हजुरबा कथन गर्नुहुन्तो । 😂

Written: 2016 June 17 as a twitter thread

Link: https://twitter.com/winger_om/status/743634086254751744?t=gOqR6I3kLN4Rx9yCgYr7bQ&s=19