'कुखुरा या अण्डा' एउटा अस्थिर दुविधा हो जसलाइ मानिसले सामान्य रूपमा उद्गार गर्दा "कुन पहिले आयो: कुखुरा या अण्डा?" भन्ने गर्दछन् । यो दुविधाको जड 'अण्डाबाट कुखुरा निस्कन्छ तर त्यो अण्डा पार्नको लागि कुखुरा चाहिन्छ' भन्ने मानिसको अवलोकन नै हो । "कुखुरा-र-अण्डा" एउटा प्रतिकात्मक विशेषण हो जसले कुन घटनालाइ 'कारण' र कुनलाइ 'असर' मान्ने यकिनका साथ भन्न सक्दैन अथवा विगतको अनन्त सम्मको दृश्यको वर्णन गर्न सक्दैन ।
यद्दपी यो प्रश्न प्रतिकात्मक रूपमा प्रयोग भएता पनि, क्रमविकासले यसबारे शाब्दिक जवाफ दिएको छ, जसलाइ वर्णन गर्न चार्ल्स डार्वीनको सिद्धान्त 'नयाँ जातिको उत्पत्ती' (origin of species) ले सम्भव तुल्याएको छ । युनानी दार्शनिक एनाक्सीमेन्डर (Anaximander) ले पेश गरेको विचारसँग तुलनीय डार्वीनको यस सिद्धान्त अनुसार कुखुराका त्यस्ता पुर्खाहरू थिए जो आफैँमा कुखुरा थिएनन् ।
प्रश्नले कुखुराको अण्डा पहिले आयो कि कुखुरा पहिले आयो भन्ने कुरा सोधेकाले त्यसको उत्तर खोज्दा वैज्ञानिकहरूले अण्डा पहिले आयो भनेर यसरी प्रष्ट्रयाएका छन् । विभिन्न प्रजातिका जङ्गली fowl हरूको प्रजनन् र domestication को कारण कुखुराको उत्पत्ती भएको कुरालाइ सतही रूपमा मात्र बुझ्न सकिन्छ । एउटा कुखुरा जस्तै देखिने प्राणी (proto -chicken) ले भाले र पोथी जीवनरस मिश्रित एउटा अण्डा निकाल्यो जसको डीएनए आधुनिक कुखुराको डीएनए सँग मिल्दोजुल्दो थियो (पोथी को अण्डमा भएको उत्परिवर्तन अथवा, भालेको शुक्रकिटमा भएको उत्परिवर्तनका कारण) । यसलाइ निल डीग्रासी टाइसनल (Neil deGrasse Tyson) ले अझ सामान्य रूपमा भनेका छन् : "कुन पहिले आयो: कुखुरा या अण्डा? अण्डा — जुन एउटा चराले पाएको थियो जो आफैँमा कुखुरो थिएन "
No comments:
Post a Comment